• 076-545033
  • gautambuddhamavi@gmail.com
  • विद्यालयको परिचय

    श्री गौतम वुद्ध मा वि गोरुसिगे नेपालको प्रदेश नं.५ अन्तरगत कपिलवस्तु जिल्लाको उत्तर क्षेत्र लोकमार्गको समिपमा वुद्धभूमि नगरपालिकाको वार्न २ अन्तरगत गोरुसिगेमा पर्दछ । यो विद्यालय महेन्द्रराजमार्गमा अवस्थित गोरुसिगे वजार देखि ५०० मीटर उत्तर तर्फ मनोरम ठाउमा अवस्थित छ ।

    img

    पृष्ठभूमि


    विद्यालय क्षेत्र विकास योजना २०७३ देखि २०८० सम्म को ७ बर्षे योजनाका विभिन्न शैक्षिक विकास योजना अन्तर्गत देशभरि १००० विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गर्ने लक्ष्य तय भए अनुरुप गौतम बुद्धमाध्यमिक विद्यालय पनि नमुना विद्यालयको रुपमा विकसित हुने गरी नेपाल सरकारको निर्णय अनुसार गोरखापत्रमा २०७६ साल असार ६ गते प्रकाशित सूचना बमोजिम छनोट भएको हो ।
    यस विद्यालयलाई वि.सं. २०७६ सालदेखि २०८० साल सम्ममा बालमैत्री वातावरणमा साधारण र प्रविधिक शिक्षा, प्रविधिको प्रयोग गर्दै शिक्षण गरी उच्चतम सिकाइ उपलब्धी सुनिश्चित गरी, प्रतिस्प्रधी, रोजगार उन्मुख, आफ्नो संस्कृति संरक्षण र देशभक्त असल नागरिक उत्पादन गर्ने नमुना र नेतृत्वदायी संस्थाको रुपमा विकास गरिनेछ । विगत वि.स. २०६८ देखि हालसम्ममा जिल्लाको उत्कृष्ट विद्यालय मध्येमा पर्न सफल भएको छ । अवको पाँच बर्षमा राष्ट्रकै उत्कृष्ट विद्यालयको रुपमा बिकास हुनेछ ।
    मुलुकको संघीय स्वरुपमा विद्यालय शिक्षामा सबैको समतामूलक पहुँच सुनिश्चित गर्नुका साथै गुणस्तर सुधारका निमित्त विद्यालय क्षेत्र बिकास योजनाले लिएका नीति तथा लक्ष्यलाई साकार रुप दिनका लागि यस विधालयले पनि आफ्नो कार्य क्षेत्रबाट विशेष टेवा पु¥याउनेछ । यस विद्यालयले आफ्नो फिडर विद्यालयको शिक्षा विकासमा पनि टेवा पु¥याउने छ ।
    नमुना बन्ने क्रममै यस विद्यालयले सिकाइ उपलब्धिमा बृद्धि, विद्यार्थी संख्यामा बृद्धि विद्यालयको संक्षमतामा बृद्धि र विकास हुनेछ भने शिक्षणमा समयानुकूल शिक्षण विधि र प्रविधिको प्रयोग गर्दै लगिनेछ । यसले यस क्षेत्रकै शिक्षा विकासमा कोसेढुङ्गाको रुपमा कार्य गर्ने छ भने समग्र सामुदायिक विद्यालयको शिक्षा विकासमा थप टेवा पु¥याउने छ ।

    img

    विद्यालयको ऐतिहासिक पृष्ठभूमि


    कपिलवस्तु जिल्लाको उत्तर तर्फ रहेको साविक जयनगर गाविसवाट रुपान्तर भइ वुद्धभूमि नगरपालिका वा नं ०२ मा अवस्थित श्री गौतम बुद्ध मा वि गोरुसिगे तत्कालीन बुढ्ढी गाउँ पञ्चायत वडा नं. ४, ५ र ६ का सम्पूर्ण बासिन्दालाई पायक पर्ने स्थान गोरुसिङ्गे वजार देखि उत्तर पट्टी रहेको मनोहरपुरमा प्राथमिक विद्यालय स्थापना गर्नका निमित्त शिक्षा प्रेमी स्व. केशव प्रताप राणा, श्री झलक विक्रम शाह तथा श्री खम्बबहादुर शाहबाट २०३३ सालमा जिल्ला शिक्षा कार्यालयमा निवेदन परेको र गाउँका बासिन्दाको सहयोगमा त्यसै वर्ष देखि श्री गौतम बुद्ध प्राथमिक विद्यालयको रुपमा यस विद्यालयको शुरुवात गरिएको कुरा विद्यालयको पुरानो निरीक्षण पुस्तिकाबाट देखिन आउँछ ।
    २०३३ साल मंसिर १३ गते तत्कालीन जिल्ला कार्यालय शिक्षा शाखाका प्राथमिक विद्यालय निरीक्षक नेत्रप्रसाद अर्यालले निरीक्षण पुस्तिकामा उल्लेख गर्नुभए अनुसार विद्यालयको नाममा तत्कालीन शिक्षाप्रेमीहरुवाट करीव २–१०–० जमिन, २ कोठे पक्की भवन, ५७ जना विद्यार्थीहरु र २ जना निजी स्रोतका शिक्षकहरु रहेका थिए । संस्थापक अध्यक्ष स्व केशवप्रताप राणा र प्र अ श्रीमती शारदा शाह हुनुहुन्छ ।
    यो विद्यालय प्रा.वि तह को २०३४÷१÷१२ गते. कक्षा १ को अनुमति प्राप्त गरी संचालित गरिएको थियो । यो विद्यालय संचालन गर्दा अत्यन्त धेरै थारु समुदायको वसोवास भएको र उनीहरु शिक्षा क्षेत्रमा पिछडिएको महसुस गरी त्यस अवस्थामा विद्यालय स्थापना गर्न महत्वपूर्ण योगदान गर्नु हुने स्व. केशव प्रताप राणा,श्री खम्ब बहादुर शाह, श्री झलक विक्रम शाह , श्री मख्खन थारु, स्व. तेतर थारु, स्व. गोले थारु, स्व.श्याम लाल थारु, स्व रत्तिराम थारु, पहरु थारु लाई श्रद्धा पूर्वक स्मरण गर्नु हाम्रो कर्तव्य हुन आउँछ ।
    २०३६ सालमा आठ नं ऐलानी जग्गा दर्ता गर्ने क्रममा उक्त महानुभावहरुको सक्रीयतामा यस विद्यालयको नाममा २० विगाहा ५ कटठा जग्गा दर्ता भई जग्गा धनी पूर्जा प्राप्त गरेको छ । आज विद्यालय भएको क्षेत्र मात्र ४ विगाहा १६ कटठा छ । यो नै यस विद्यालयको महत्वपूर्ण उपलव्धि हो ।
    यो विद्यालय लोकमार्गको समीपमा रहेता पनि त्यससमयमा गोरुसिगे वजारको विस्तार एव विकास भएको थिएन । आजको वजारको प्रारुप पनि थिएन यहाँ पुरैना, गोरुसिगें गाऊँ, गोरुसिडगी वकडेरीया गाउँमा आदिवासी थारु जातीको मात्र वसोवास थियो, जुन समाज अशिक्षाको भुमरीमा अल्झेको थियो । धार्मिक अतिवाद, सामाजिक कुसंसकारमा जेलिएको समाजलाई विकासको मूलप्रवाहमा ल्याउन विद्यालय नै प्रमुख आधार थियो । यो एउटा वाटो, माध्यम हो । फलस्वरुप यहाँको समाजलाई नेतृत्व प्रदान गरी विद्यालयलाई अगाडि वढाउन २०३७ सालमा नि. मा. संचालन गर्न प्रयास गरियो । प्रारम्भमा २ वटा कोठावाट शुरु गरियो। विद्यालयलाई नि. मा. मा रुपान्तर गर्दा थपकोठा थप्न समुदायवाट आफै ईंटा निमार्ण गरी काठका सहतिल लगाई थप ४ कोठा निमार्ण गरियो । यो निमार्ण गर्दा समाजवाट उल्लेखनीय श्रमदान गरिएको थियो । आय स्रोतका लागि गाउ गाउवाट विघट्टी वापत रकम तथा धान चन्दा उठाएर विद्यालय संचालन गरियो ।
    २०३२ साल देखि राजमार्गको आसपास वन क्षेत्रमा अस्थायी रुपमा अर्खाखाँची ,गुल्मी प्यूठानवाट वसाइ सराइ गरी वा पेशाको रुपमा सामान्य झुपडी वनाई वसोवास गर्ने कार्य तीव्र भइरहेको थियो । उता थारु समुदायलार्ई शिक्षाको पहुचमा ल्याउनै पर्ने र अस्थायी वसोवास गर्ने वालवालिकालाई पनि विद्यालयको आवश्यकता हुन गयो ।सवै पक्षको सक्रीयतामा २०३७ सालमा नि मा को कक्षा ६ संचालन गरियो । तर जिल्ला शिक्षा कार्यालयवाट अनुमती प्राप्त हुन नसक्दा अत्यन्त अभावको रुपमा निजी स्रोतवाट नि.मा. तहका कक्षा संचालन हँुदै गयो । प्रा वि तहको पूर्ण स्वीकृती २०३९÷१०÷०२मा भएको थियो। त्यही आधारमा नि.मा. चलाइयो भने २०४४÷११÷२० गते मात्र नि मा वि को संचालन अनुमती प्राप्त भयो ।
    अर्कोतर्फ अस्थायी रुपमा राजमार्ग वरिपरी वस्ने वन्द व्यापार गर्ने तर वसाई भने विशेष गरी थाकलका, परालका झुपडीमा भए पनि होटल संचालन गर्ने क्रममा असाध्यै वस्ती वढ्दै गयो । जव जव वसाई हुने प्रकृया वढ्यो तव सवैलाई आफना आफना वच्चालाई पढाउन आवश्यक महशुस भयो । केही शिक्षा क्षेत्रमा सहयोग गर्ने व्यक्तित्वको आगमन भयो । फलस्वरुप यहाँ माध्यमिक विद्यालय संचालन गर्नु पर्छ भन्ने आवाजहरु आउन थाले । छलफल वहस हुन थाल्यो तर विडम्वना २०४५ साल वैशाख ५ गतेको दिन यस क्षेत्रका लागि जीवनभर दुख दर्दले भरिएको पीडादायी भयो । वैशाखको मध्यान्हमा सवै पराल, थाकलका झुपडीहरु निमेषभरमा खरानीमा परीणत हुन पुग्यो ।वजारको विचमा रहेको दुर्गामन्दिरमा पूजा गर्ने पुजारीको घरवाट निस्केको आगोले करौडौको सम्पती खरानी हुन गयो । यसको प्रभाव विद्यालयमा नपर्ने कुरै रहेन । विद्यालयको गति प्रभावित हुन पुग्यो । नि मा निजी स्रोत वाट संचालन गर्न निकै जटील हुन गयो । त्यतिखेरसम्ममा थारु समुदायमा वच्चा पढाउनु पर्छ भन्ने भावानाको विकास हुन सकेको थिएन । अधिकतम वस्ती थारु समुदायकै थियो तथापि कक्षामा विद्यार्थी सख्या साह्रै दयनीय थियो । घरघरमा गएर निकै प्रयत्न पछि २÷४ जना आउने गर्थे । वजार खरानी भएको, मानिस उपस्थित कम हुदै जाने, थारु समुदायको विद्यालय आउदै नआउने । यो समय विद्यालयको लागि कालरात्रीको रुपमा रहन गयो । तर पूर्व−पश्चिम लोकमार्गको समीपमा पुनः मानिसको वसाइ क्रम रोकिने प्रश्नै रहेन । वजार पुरानै धरातलमा उभिन थाल्यो ।
    समय सापेक्ष परीवर्तनहरु हँुदै गए देशमा राजनीतिक परीवर्तनहरु हँुदै गए । गोरुसिगेमा वजार विकास हुन थाल्यो । वसोवास वढदै गयो । जनमानसमा माध्यमिक विद्यालयको चाहना हुन थाल्यो । त्यस वेला निम्न माध्यमिक तह भन्नाले कक्षा ४ देखि ७ सम्म थियो । कक्षा ८ माध्यमिक तहमा थियो । २०४६ सालको अन्त्यतिर माध्यमिक तह संचालनका लागि वैठक छलफलहरु हुन थाले । एक थरी वाट नमुना निम्नमाध्यमिक तह चलाऔँ भन्ने र वहुसंख्यक वाट माध्यमिक तह संचालन गर्नेै आवाजहरु आउन थाले र अनुमतीको प्रयास गर्ने गरी कक्षा ८ संचालन गर्ने भयो तर कक्षा ८ ले निरन्तरता पाउन सकेन एक वर्ष चलेर वन्द हुन पुग्यो र पुनः २०४९ सालदेखि कक्षा ८ शुरु भयो । यता पट्टी वजार विकास क्रम अगाडि वढदै गयो नयाँ नयाँ मानिसहरुको वसाइ वढन थाल्यो । घर निमार्ण कार्य हुदै गए । समयले कोल्टे फेर्दै गयो तव गौतम वुद्धमा माध्यमिक तह संचालनको आवश्यकता महशुस हुन थाल्यो । माध्यमिक तहको धरौटीको रकम, शिक्षक व्यवस्थापन, लगायतका कुराको प्रवन्ध गर्ने तयारी भयो र २०५० सालमा कक्षा ९ संचाालन गरियो । २०५१÷१२÷०३ मा क्षे.शि.नि. पोखरावाट अनुमती प्राप्त भयो । यस विद्यालयवाट २०५३ सालको एस.एल.सी परीक्षामा २२ जना विद्यार्थी समावेश भकोमा १५जना उत्तीर्ण भइ ६८.१५ प्रतिशत नतीजा ल्याउन सफल भयो ।
    नेपाल सरकारले २०५२ सालमा एस.एल.सी परीक्षामा समावेश भएका विद्यालयलाई माध्यमिक तहका का ४ दरवन्दी प्रदान गरी स्थायी स्वीकृती गरेकामा दुर्भाग्य हाम्रो विद्यालय त्यो अवसरवाट बञ्चित हुन गई हाल सम्मा स्थायी हुन सकेको छैन । यद्यपी माध्यमिक तहमा दुई दरवन्दी दुई राहत दरवन्दी प्राप्त भएकोले माध्यमिक तह सञ्चालन भइरहेको छ ।
    २०३६ सालमा आठ नं ऐलानी जग्गा विद्यालयको नाममा दर्ता हुन गयो । त्यो नै विकासको ठूलो स्रोत हुन गयो । २०५६ सालदेखि जग्गा विक्री गर्ने कार्य शुरु गरेको थियो । २०५७÷४÷२७ गते शिक्षा विभागवाट जग्गा विक्री गर्ने अनुमती ल्याई खुला डाकवढावढ गर्ने क्रममा विद्यालयले अपेक्षा गरे भन्दा वढी रकम प्राप्त गर्न सफल रह्यो । करीव ६२ लाख रकम जग्गावाट प्राप्त भएकोले विद्यालयको भौतिक तथा शैक्षिक व्यवस्थापनमा राहत भयो । विद्यालयको खर्च मूल रकमको खर्चवाट सो को व्याजवाट मात्र चल्ने सोचका साथ अगाडि वढाइयो । आज पनि उक्त रकम बैकको मुद्धती खातामा रहेको छ ।
    विद्यालयको भौतिक पूर्वाधार विकास नगरीकन शैक्षिक विकास संभव नभएकोले स्रोत खोज्ने निकै प्रयत्नहरु हुन थाल्यो अर्को यहाँका वास्तविक विकासको मूल प्रवाहमा आउन नसकेका थारु समुदायलाई शिक्षा प्रदान गरी तिनीहरुको जीवन स्तर माथि उठाउन एकमात्र विकलल्प शिक्षा नै थियो त्यसैले सक्रीय रुपमा यहाँको समाज लाग्यो । अन्तमा भारत सरकार संग प्रस्तावना पत्र तयार गर्ने कार्यको थालनी गरियो । यस कार्यमा तत्कालीन यस क्षेत्रका सभासद श्री विरेन्द्रकुमार कनौडीयाको पूर्ण सहयोगमा २ करोड ७८ लाखको प्रस्तावना पत्र स्वीकृत भई २०६४ साल कात्र्तिक १६ गतेका दिन महामहिम भारतीय राजदुत शिवशंकर मुखर्जीबाट भवन शिलान्यास कार्य भयो । देशको राजनीतिक तथा आर्थिक कारणले अस्तव्यस्त अवस्थालाई चिर्दै २ तले ४२ कोठे भवन ,विज्ञान ल्याव समेत निमार्णकार्य सम्पन्न भई सोही भवनमा नै पठन पाठन भएको छ । भारतसरकारको सहयोगमा विद्यालयलाई एउटा वस तथा फर्नीचरको व्यवस्था भएको छ ।
    २०६४ सालमा नै यस विद्यायलयले अर्को शैक्षिक फट्को पार गरेको छ , उ.मा को कक्षा ११, १२ संचालनका लागि उमा शिक्षा परिषदवाट २०६४ श्रावण १० गते अनुमती प्राप्त गरी व्यवस्थापन, शिक्षा, र मानविकी संकायसित सम्वन्धित विषयहरु पठनपाठन हुँदै आएको छ । उच्च माध्यमिक तहमा मात्र समाज सीमित रहन सकेन । समयको मागसँगै समाज परिर्वतन हुन नसक्दा त्यसवाट पर्ने प्रतिकूक्ल प्रभाव समाजले राम्रै वुझ्यो शैक्षिक क्षेत्रमा अगाडि वढनु पर्ने वोध हुन गयो । फलस्वरुप यस विद्यालयको कोखवाट २०६६ सालमा गौतमबुद्ध वहुमुखी क्याम्पसको जन्म हुन गयो । क्याम्पस छट्टै ढङ्गबाट सञ्चालन भएता पनि जन्मको आधार गौतम बुद्ध उ.मा.वि नै हो ।
    हिजोको धुलाम्य कक्षा कोठा भैतिक जर्जरता आज यहाँसम्म आई पुग्दा थुप्रै आरोह−अवरोह पार गर्दै भौतिक आर्थिक तथा शैक्षिक रुपमा जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा स्थापित हुन सफल रहेको छ । २०७१ सालको एस.एल.सी. परीक्षामा जिल्लाकै उत्कृष्ट नतीजा ल्याउन सफल भएको थियो । प्राविधिक शिक्षा, आजको आवश्यकता जस्तो मूल मर्मलाई अंङ्गीकार गरी यस विद्यालयमा २०७३ साल देखि प्राविधिक धार तर्फको सिभिल ईन्जिनियरको पठन पाठन शुरु भएको छ । जसमा आफनै घरमा वसेर सस्तो सर्वसुलभमा एउटा दक्ष सिभिल ओभरसियर भइ आफनो भविष्य निमार्णकार्यमा सहजै प्रवेश गर्न सक्छ । यहाँवाट उत्पादन भएका जनशक्तिले सोही तहमा स्नातक अर्थात वी इ अध्यन गर्न सक्छन् ।
    अवको दिनमा विद्यालय एउटा सक्षम अरु शैक्षिक संस्थामा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । भौतिक, आर्थिक , शैक्षिक रुपमा एउटा सफल स्तम्भको रुपमा उभिन सकेको छ । अव हामी सवैको एक मात्र उद्धेश्य विद्यालयको शैक्षिक उपलप्धि वृद्धि ,यस संस्थालाई शैक्षिक प्रतिष्ठानका रुपमा उभ्याउने ,शैक्षिक गव्तव्यस्थलका रुपमा परिभाषित गर्न परेको छ । यसमा सवैपक्ष, हालकायम भएको स्थानीय सरकारको पूर्ण सहयोगको अपेक्षा गरिन्छ ।

    img

    भौगोलिक अवस्था


    शान्तिका अग्रदुत गौतम बुद्धको नामबाट नामाकरण गरिएको बुद्धभूमि नगरपालिका कपिलवस्तु जिल्लाको उत्तरी भागमा अवस्थित छ । यो विद्यालय ५न प्रदेशका १२ वटा जिल्ला मध्ये प्रदेशको मध्ये भागमा रहेको छ । यो २७º३७ू उत्तरी अक्षाश र ८३º३८ू पूर्वी देशान्तरमा अवस्थित छ । यो विद्यालय रहेको ठाउँ समुद्री सतह देखि १३८ मी को उचाइमा अवस्थित छ । नेपालको पुनर्संरचना गर्ने क्रममा स्थानीय तहको गठन गर्दा साविकका २ वटा नगरपालिकाहरु बुद्धवाटिका र भृकुटी नगरपालिका तथा साविकका ३ वटा गाउँ विकास समितिहरु मानपुर, महुवा र धनकौलीलाई मिलाएर यस नगरपालिकाको स्थापना २०७३ फागुन २६ गते भएको हो । यो नगरपालिका ऐतिहासिक, पुरातात्विक, सामाजिक, वातावरणीय तथा आर्थिक हिसाबले परापूर्वकाल देखि नै एक महत्वपूर्ण विशिष्ट स्थलको रुपमा परिचित हुँदै आएको छ । यस नगरपालिकाका पूर्वमा वाणगंगा र कपिलवस्तु नगरपालिका, पश्चिममा शिवराज नगरपालिका, उत्तरमा अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका तथा दक्षिणमा महाराजगंज तथा कपिलवस्तु नगरपालिका रहेका छन् । यस नगरपालिकाको कुल क्षेत्रफल ३६६.६७ वर्ग किलोमिटर छ र कुल जनसंख्या २०६८ सालको जनगणना अनुसार ६४९४९ रहेको छ । यो नगरपालिका कपिलवस्तु जिल्लामा रहेको १० वटा स्थानीय तहहरु मध्ये क्षेत्रफलको हिसाबले सबै भन्दा ठूलो र बसोबासको हिसाबले सबभन्दा कम जनघनत्व भएको नगरपालिका हो । यस नगरपालिकाको कृषिमा ९३०८.२ हेक्टर, वनजङ्गलमा २४८९१.५ हेक्टर, जलीयमा १६०९.५ हेक्टर, आवासमा ४७२.५ हेक्टर क्षेत्रफल रहेको छ । (स्रोत बुद्धभूमि नपाको वेभपेज)

    img

    विद्यालय समुदायको बनोट तथा विद्यालय सेवा क्षेत्र


     
    गौतम बुद्ध माध्यामिक विद्यालय पूर्व—पश्चिम राजमार्गको उत्तर तर्फ रहेको छ । यो ठाउँको मानवीय बसाइलाई हेर्दा पहाडिया समुदाय र थारु समुदायको संगम भन्न सकिन्छ । नेपाल देश आफैमा बहुजाति , बहुभाषिक,वहुसास्कृतिक छ । त्यो विशेषता यस ठाउँमा पनि पाइन्छ । यस विद्यालयको सेवा क्षेत्र वाणगंगा नगरपालिकाको पिपरादेखि पश्चिम शिवराज नगरपालिकाको पूर्व भागको खरेन्द्रपुर र उत्तर अर्घाखाचीको शितगंगा र दक्षिण महाराजगं जनगरपालिका, कपिलवस्तु नगरपालिका सम्मका विद्यार्थीहरु प्राविधिक धारमा अध्ययन गर्न आएका छन् । साधारण धार तर्फ वुद्धभूमि नगरपालिकाको वा नं १,२ र ३वाट विद्यार्थीहरु अध्ययन गर्न आएका छन् । वसोवासको दृष्टिकोणले यहाँ विशेष गरी अर्घाखाँची जिल्लावाट वसाइ सराइ भइ आएर वसोवास गरेका छन् भने गुल्मी, प्युठान ,पाल्पा स्याङ्जा, पर्वतवाट पनि आएर वसेका छन् जसमा बाहुन, क्षेत्री, मगर, गुरुङ्ग र दलित जातिहरु यस क्षेत्रमा बसोवास गरेको पाइन्छ । यद्यपि ८० प्रतिशत मानिसहरु थारु जनजाती वसोवास रहेको पाइन्छ । विद्यालयमा पनि ठिक त्यस्तै करीव ७५ प्रतिसत विद्यार्थीहरु थारु समुदायका छन् ।
    धार्मिक तथा सांस्कृतिक रुपमा हेर्दा बहुभाषिक बहु सांस्कृतिक नै पाइन्छ । यस विद्यालयको सेवा क्षेत्रमा तराईका आदिवासी नामले परिचित थारु जातीहरुको बाहुल्यता रहेको छ भने कुवंर जातीहरु धेरै पहिला पहाडबाट यस क्षेत्रमा आई बसोबास गर्दै आइरहेका छन् । २०४३ सालमा चीन सरकारको सहयोगमा सुनवल चिनीमिल खुले पछि कर्मचारीको रुपमा देशका विभिन्न ठाउँका मानिसहरु यहाँ आई काम गर्न थाले पछि ती मध्ये धेरैले आफ्नो बसोबास नै यही सुनवल क्षेत्रमा गरेको पाइन्छ । जसका कारण यहाँको धर्म, संस्कृति, परम्परा, रीतिरिवाज, चाल चलन भेषभुषा र बोलिचालीमा समेत विविधता पाइन्छ । यहाँ मुस्लिम समुदायको पनि बसोबास रहेको छ ।

    img

    Become A Part Of Our Family!

    Lorem ipsum dolor sit amet, consectetur adipiscing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua.